बिर्तामोड । रजत वर्षको अवसरमा पूर्वाञ्चल दैनिकले झापाका १०१ जना सञ्चारकर्मीकोे शुक्रबार कोरोना उपचार बीमा गरिदिएको छ ।

पत्रिकाका प्रधान सम्पादक एकराज गिरीले पेशागत बीमा समाज बिर्तामोड (आइपीएस) संगको सहकार्यमा सञ्चारकर्मीकोे बीमा गरिएको बताए ।

पेशागत बिमा समाज बिर्तामोडका अध्यक्ष सन्तोष उप्रेतीलाई प्रधान सम्पादक गिरी र व्यवस्थापक चन्द्रकान्त ढकालले बीमाका लागि १०१ सञ्चारकर्मीकोे विवरणसहित रकम प्रदान गरेका छन् ।

आईपीएसका अध्यक्ष उप्रेतीका अनुसार बीमा एक लाख रुपैयाँको हुनेछ । बीमा गरिएका सञ्चारकर्मीमा कोरोना संक्रमण देखिए एक लाख रुपैयाँ कम्पनीले उपलब्ध गराउने छ । बीमा भएको १४ दिनपछि मात्र दाबी लागू हुनेछ ।