झापा । झापाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य अस्पताल विराटनगरमा ५ जना र कोशी अञ्चल अस्पतालको प्रयोगशालमा गरिएको परिक्षणमा १ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उनीहरुमध्ये १ जना महिला हुन् । थपिएका सबै भारतबाट फर्किएका हुन् । उनीहरु स्थानीय क्वारेन्टिनमा बसेका थिए ।

झापामा यो सहित १ सय ७४ संक्रमित पुगेका छन् । झापामा १ सय ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । आज पुष्टि भएका संक्रमितलाई उपचारका लागि मोरङको गोठगाउँमा रहेको कोभिड उपचार केन्द्र लाने तयारी भइरहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।