बिर्तामोड । प्रहरीले झापाको कनकाईस्थित एक जुवाखालमा छापा मारेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले कनकाई–३ स्थित टप्पु टोलको एक घरमा रहेको जुवाखालबाट ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई चेतनकुमार प्रसाईको घरबाट पक्राउ गरिएको बिर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

शनिवार विशेष सूचनाको आधारमा प्रहरीले जुवाखालमा रेड हानेको थियो । सोही क्रममा कनकाई–३ का ५३ वर्षीय विष्णुप्रसाद उप्रेती, ४५ वर्षीय लिलु अग्रवाल, ३६ वर्षीय सुरज चुडाल, ४० वर्षीय हरि खरेल, ३१ वर्षीय ओमप्रकाश चापागाई, ३८ वर्षीय मानबहादुर श्रेष्ठ, ३५ वर्षीय हरिबहादुर श्रेष्ठलाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट प्रहरीले ७१ हजार १० रुपैयाँ नगद, १६ थान कौडा, पाउडर र गलैचा बरामद गरेको इप्रका अनारमनीले जनाएको छ ।