काठमाडौँ । नेपालमा थप ४५१ जना सङ्क्रमित भएका छन् । पुरूष ४१६ र महिला ३५ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार २११ पुगेको छ ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । विस्तृत विवरण केही समयपछि प्रस्तुत गर्नेछौँ ।