काँकरभिट्टा । झापाको मेचीनगरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुने मेचीनगर ५ का २२ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए ।

उनी मेचीनगर वडा नं ५ को बाल कल्याण माविको क्वारेन्टिनमा रहँदै आएका थिए । उनी गत जेठ २७ गते भारतबाट आएका हुन् र २७ गते नै उनको स्वाब संकलन गरेर बिराटनगर परीक्षणको लागि पठाईएको थियो ।

योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ३ जना पुगेको छ । यसअघि भद्रपुरमा ४, कनकाई ३, अर्जुनधारा २, दमक १, गौरादह ४, शिवसताक्षी १, बुद्धशान्ति ५, हल्दिवारी २, कचनकवल १२६, कमल १, गौरीगञ्ज १६, बाह्रदशी ७ र झापा गापामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यो संगै झापामा कुल संक्रमितको संख्या १७६ पुगेको छ । सोमबारसम्म् देशभर ६२११ पुगेको छ ।