झापा । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका व्यक्तिका लागि महिला महेश्वरी महिला मञ्चले खाजाको व्यवस्था गरेको छ ।

मञ्चले मंगलबार दिउँसो क्वारेन्टाइनमा पुगेर त्यहाँ रहेका व्यक्तिलाई खाजा वितरण गर्यो । मञ्चकी अध्यक्ष मञ्जु पेडिवाल, सचिव पुनम गट्टानी र नेपाल भारत महिला मञ्चकी संयोजक नितु सोमानीले खाजा वितरण गरेका थिए ।

उनीहरुले खाजासँगै एक थान सेनिटाइजर र विस्कुट पनि वितरण गरेका थिए । क्वारेन्टाइनमा भारतलगायत तेस्रो मुलुकबाट आएका ५१ जना व्यक्ति रहेका छन् ।

मञ्चले तीन दिनसम्म दिउँसोको खाजा प्रदान गर्ने नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।