0 Shares

झापा । तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी दिपेन धिमालले अर्जुनधारा क्वारेन्टाइनमा रहेका महिलाका लागि सेनेटरी प्याड प्रदान गरेका छन् ।

अर्जुनधारा ९ निवासी दिपेनले क्वारेन्टाइनमा रहँदै आएका १५ जना महिलाका लागि ३० प्याकेट सेनेटरी प्याड उपलब्ध गराएका हुन् । उनले क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई पनि सर्जिकल मास्क र एक दर्जन साबुन उपलब्ध गराए ।

उनले यसअघि लकडाउनका बेला समस्यामा रहेका अति विपन्न २ सय परिवारलाई राहतस्वरुप खाद्यान्न पनि उपलब्ध गराएका थिए । अब बिर्तामोड नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा पनि सेनेटरी प्याड उपलब्ध गराउने उनले सुनाए ।