झापा । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मंगलबार १८ महिने बालकसहित २७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएर घर फर्कनेमा झापाका ४ जना, मोरङका १८ र सुनसरीका ५ जना र एक महिला तथा एकजना १८ महिने बालक रहेका हुन् ।

उनीहरुको पछिल्लो निरन्तरको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटीभ आएपछि चिकित्सकको सिफारिसमा डिस्चार्ज गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिएका छन् ।

योसँगै प्रतिष्ठानबाट हालसम्म १५५ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । प्रतिष्ठानमा ४४ जना कोरोना संक्रमित उपचारतः रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।