काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा १ सय १० महिला र ५ सय १९ पुरुष गरेर ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको बताए ।

थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । जसमा झापाका ११ जना व्यक्तिमा पनि संक्रमण पुष्टि भएको हो । यस्तै २४ घन्टामा १ सय १४ जना डिस्‍चार्ज भएका छन् ।

संक्रमण पुष्टि भएका जिल्लामा झापा ११, कैलाली १०३, सुनसरी १, मोरङ १, सप्तरी ६, धनुषा २०, महोत्तरी १२, सर्लाही १, वैतडी ४, बाजुरा ७, डोटी ४८, कैलाली ४८, कञ्चनपुर ८५, पर्वत २, रौतहट ४४, सर्लाही २०, धादिङ २, काठमाडौं १, चितवन १, तनहुँ १, स्याङ्जा ७, नवलपूरासी पूर्व ५, पाल्पा १५, भक्तपुर १, अछाम २३, गोरखा ३, कास्की ४, बागलुङ ९, कास्की ५, लमजुङ ५, पर्वत १, गुल्मी ५, कपिलवस्तु १, रुपन्देही १, बाँके ९, बार्दिया १, दाङ ७६, प्यूठान १०, जाजरकोट १, सुर्खेत १४, दैलेख ४, कालिकोट १,
बाजुरा १, कञ्चनपुरमा १ जना रहेका छन् ।