बिर्तामोड । झापामा ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार यसको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मेचीनगरका १० र शिवसताक्षीका १ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित हुनेमा पाँच वर्षीय बालकदेखि ६५ वर्षीय बृद्धसम्म छन् । उनीहरु सबै क्वारेन्टाइनमा बसेका थिए ।

नयाँ थपिएकासँगै झापामा कोरोना भाइरस संक्रमितको संख्या २१६ पुगेको छ ।