बिर्तामोड । जनस्तरबाट स्थापना गर्न लागिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि बिर्तामोडका घर जग्गा व्यवसायीहरु शारदा थपलिया र टहलदास ओलीले ६२ हजार रुपैयाँ सहयोग गरेका छन् ।

परिचय आवास विकास प्रालि विर्तामोड–५ का प्रवन्ध निर्देशक थपलियाले ५१ हजार र कोपिला हाउजिङ एण्ड रियल स्टेट प्रालि विर्तामोड–५ का प्रवन्ध निर्देशक ओलीले ११ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

‘एकका लागि एक’ अभियानका सह–संयोजक विनोद वस्नेत, अभियानको साझेदार संस्था विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, रोटरी क्लव अफ विर्तामोडका प्रेसिडेन्ट इलेक्ट निर्मल भट्टराईलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य समेत रहेका थपलियाले झापामा पीसीआर प्रयोगशाला स्थापना गर्ने कार्य प्रशंसनीय भएकाले आफूले सहयोग गरेको वताए ।

पोपर्टी डिलर्स एशोसिएशन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष समेत रहेका ओलीले पीसीआर प्रयोगशाला झापावासीको गौरव भएकाले उक्त कार्यमा आफूले सहयोग गरेको वताए ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानमार्फत झापाको कनकाईमा पीसीआर प्रयोगशाला स्थापनाको तयारी भइरहेको छ ।

प्रयोगशाला कनकाई नगरपालिकाको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा राखिने ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । अभियानको अगुवाईमा हालसम्म एक करोड २२ लाख रुपैयाँ संकलन भएको छ ।