काठमाडौँ । थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गएको २४ घन्टामा ४३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यसैबीच, नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा ३१२ डिस्चार्ज भएका छन् । साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १५, कोभिड १९ कमाण्ड अस्पताल बलम्बुबाट १, जलेश्वर अस्पताल महोत्तरीबाट २१, दुल्लु अस्पतालबाट ७, गौरीशंकर कलेज रौटहटबाट ८०, अल्पाइन नर्सिंङ इन्स्टिच्युट सर्लाहीबाट ६९, त्रिवि शिक्षण अस्पतालबाट २ र आइसोलेसन सेन्टर बाँके खजुराबाट ६ जना डिस्चार्ज भएका हुन् ।

त्यसैगरी बर्दियाबाट २, आइसोलेसन सेन्टर बनकटुवा बाँकेबाट ३, आइसोलेसन सेन्टर राप्ती सोनारी बाँकेबाट ११, आइसोलेसन सेन्टर पिपरी कोहलपुरुबाट ६, लायन्स डेन्टल आइसोसन सेन्टरबाट ६, प्रादेशिक अस्पताल सुर्खेत र दैलेखबाट १, सुर्खेतबाट ३२, प्रादेशिक अस्पताल जनकपुरबाट ४, सपही आइसोलेसन सेन्टरबाट ४५ र सिरहाबाट १ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा महिला १९ र पुरुष २९३ रहेका छन् । यो सँगै निको हुनेको संख्या २ हजार ४३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ८७ हजार ८६३ नमुना परीक्षण भएका छन् । २४ घन्टामा ४ हजार १ सय ६७ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ९९ हजार ७३७ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ६ हजार ५४३ परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७४ हजार २२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ४८६ जना रहेका छन् ।