इलाम । देउमाई नगरपालिका–४ का दिलबहादुर श्रेष्ठको घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौसम श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

द्वन्द्वकालको समयदेखि लुकाई राखेको सकेट बम बिहीबार राति विष्फोट भएको हो । विष्फोटबाट मौसमका दुवै हातका औंला चुँडिएका छन् ।

आँखामा पनि समस्या रहेको इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।

तत्कालीन बिद्रोही माओवादी र सेनाबीच स्थानीय देविडाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाएपछि घरमा लगेर लुकाई राखेको साहले जानकारी दिए ।