शनिश्चरे । अर्जुनधारा प्रेस क्लबको आयोजना र प्रदेश नं. १ प्रदेश निर्वाचन विकास कार्यक्रमको आर्थिक सहयोगमा एक दिवसीय महामारी रोगसम्बन्धी सचेतनामूलक तालिम शनिबार सम्पन्न भएको छ ।

क्लबमा आवद्ध पत्रकारहरुलाई महामारी रोगसम्बन्धी सचेतनासँगै त्यसको असर र जनसमुदायमा पर्न गएको भ्रमलाई निराकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको क्लबका उपाध्यक्ष रमेश समदर्शीले बताए ।

कार्यक्रममा सहजकर्ता नगर स्वास्थ्य शाखा संयोजक मुकुन्द बस्नेतले महामारी रोगको विषयसँगै हाल विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को विषयमा नगरको अवस्थाबारे सहजीकरण गरेका थिए । त्यसैगरी अर्का सहजकर्ता नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाले आमसञ्चार र सामाजिक सञ्जालबीचको परिणाम र असरका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीलगायतले बोलेका थिए । क्लबका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता र प्रदेश नं. १ का सांसद वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सञ्चालन सहसचिव पूष्पा जवेगूले गरेकी थिइन् ।

तस्वीरमा…