खोटाङ । खोटाङका विभिन्न ठाउँमा सलह किरा देखिएको छ । हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न ठाउँमा सलह देखिएको हो ।

वर्षा भइरहेको समयमा हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानको माल्खुमा रहेको एउटा घरको भित्तामा आएर बसिरहेको अवस्थामा सलह किरा देखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।

यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको बैंक चोकका एक पसल, सरस्वती माविको भित्तामा पनि केही सलह किरा फेला परेको छ ।

बैंक चोकमा भेटिएको सलह किरा स्थानीयले पहिचानको लागि लिएर आएको नगरपालिकाका कृषि शाखाका कृषि प्रशासकीय अधिकृत धर्मेन्द्र कलौनीले बताउनुभयो ।

झुण्डमा देखिनुपर्ने सलह एक/दुई वटा मात्र देखिएको विषयमा अध्ययन भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।(उज्यालोबाट)