झापा । झापाका थप २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा २ महिलाको पिसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंका अनुसार आज संक्रमण पुष्टि भएकाहरुमा हल्दिबारी गाउँपालिका वडा नं ५ का २ जना महिला रहेका छन् ।

संक्रमित दुबै महिला भारतबाट आएर क्वारेन्टाइनमा रहेको चौलागाईंले बताए ।

आज थप २ जनामा कोरोनाको संक्रमण देखिएसंगै झापामा संक्रमितको संख्या २२३ पुगेको छ । जसमा १७१ जना निको भएर घर फर्कीएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै झापाका २ सहित आज प्रदेश नं १ को इलाममा १ जना, मोरङमा १७ जना, सुनसरीमा १ जना र उदयपुरमा ७ जनामा नयाँ संक्रमण देखिएको छ ।

आज एकैदिन ४६३ जनामा कोरोनाको संक्रमण देखिदा नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।