काठमाडौं । सोमबार कोरोना भाइरसका ४७६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका हुन् ।

जसमा ११२ महिला र ३६४ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । नेपालमा अहिलेसम्मकै उच्च एक दिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३ कोरोना संक्रमित फेला परेका थिए ।

देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या १३ हजार २४८ नाघेको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि तीन हजार १३४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १२१ डिस्चार्ज भएका छन् । जसमा १३ महिला र १०८ पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।देशभर हालसम्म एक लाख हजार जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७९१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ५७ हजार ३६८ मानिसहरु रहेका छन् भने आइसोलसनमा १० हजार ८५ कोरोना संक्रमितहरु रहेका छन् ।