झापा । सोमबार थप १ सय २१ जना कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी मुलुकभर १२१ जना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाबा निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।

२४ घन्टामा डिस्चार्ज हुनेहरुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १, पर्साका २३, अल्पमाई नर्सिङ इन्स्टिच्युटबाट १३, कोभिड अस्पताल जनकपुरबाट धनुषाका ३, महेन्द्र गेनाइ सिरहाबाट १४, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कास्कीका २, म्याग्दी अस्पतालबाट ३, पर्वत अस्पतालबाट ८, स्याङजा अस्पतालबाट ३३, तनहुँ अस्पालबाट ५, नुवाकोट अस्पतालबाट ८, सुशील कोइरला प्रखर क्यान्सर अस्पतालबाट २, आदर्शनगर आइसोलेसन सेन्टर बाँकेबाट ३ र आइसोलेसन सेन्टर खुजरा बाँकेबाट ३ जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१ नमुना परीक्षण भएका छन् । २४ घण्टामा १ हजार ८२२ आरडीटी परीक्षण भएका छन् ।

पीसीआर विधिबाट भने हालसम्म २ लाख २३ हजार ६३० परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ७ हजार ७९१ परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५७ हजार ३६८ जना रहेका छन् ।त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १० हजार ८५ जना रहेको छ ।