बिर्तामोड । झापामा बुधवार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा एक महिलासहित सात जनामा संक्रमण पुष्टि भएको हो ।

कोशीमा अस्पतालमा दुई महिला र चार पुरुष तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका दुई महिला र पाँच पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये झापाको मेचीनगरका सात, बुद्धशान्तिका पाँच, गौरादहका सात र गौरीगञ्जका एक जना रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । झापामा संक्रमितको संख्या २४९ पुगेको छ ।