अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले अगामी आर्थिक बर्ष २०७७/०७८ कालागि पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्बत पारित भएको छ ।

नगरको पर्यटकीय स्थल सुखानी सहिद स्मृति पार्कमा गत बुधबार उपमेयर कमला खतिवडा आचार्यले आर्थिक बर्ष २०७७/०७८ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरमा आज शुक्रबार बसेको नगरसभाको बैठकले संशोधनसहित पारित गरेको हो ।

नगरले समाजिक सुरक्षा भत्ता बाहेक ७९ करोड ६३ लाख ४१ ह्जार रुपैयाँ बजेट छुट्याएको छ । साथै आज बसेको नगरसभाको बैठकले स्थानीय सरकार संचालन विधेयक २०४७ को परिच्छेद ९ को अधिनमा रहि आर्थिक वर्ष २०७७/७८ का लागि अर्थसम्बन्धिको बिधयेक पनि प्रस्तुत गरेको छ ।

प्रस्तावलाई कार्यान्यन गर्नको निम्ति स्थानीय कर तथा संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्ने बिषयमा नगरसभाले बिधयेक पेश समेत गरेको छ । यसमाथिको छलफल अगामी बस्ने नगरसभाको बैठकले गर्ने नगरपालिकाले जनाएको छ ।