झापा । आज झापाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित सबै पुरुष रहेका छन् ।

कचनकवलका गाँउपालिकाका चार जना र कन्काई नगरपालिकाका एक जना रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।

कन्काईमा संक्रमण पुष्टि भएका ब्यक्ति साउदीबाट र कचनकवलमा पुष्टि भएकाहरु भारत र दुबईबाट आएको फोकल पर्सन चम्लागाईले जानकारी दिए । आज थपिएका संक्रमित सबै विदेशबाट आएर स्थानिय क्वारेन्टिनमा बसेका थिए ।

योसँगै झापामा संक्रमित संख्या २८३ पुगेको छ । झापाको भद्रपुरमा संक्रमितको संख्या ६, मेचीनगर ४१, बिर्तामोड ३, कनकाई ११, अर्जुनधारा १३, दमक ६, गौरादह ११, शिवसताक्षी ३, बुद्धशान्ति १६, हल्दिवारी ११, कचनकवल १३३, कमल १, गौरीगञ्ज १८, बाह्रदशी ८ र झापामा २ जना पुगेको छ ।

झापामा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १९५ पुगेको छ । झापासंगै प्रदेश नं १ का इलाममा १ जना, मोरङमा ६ जना गरी १२ जनामा संक्रमण देखिएको छ ।