सूचना प्रविधि

४ प्रदेशमा भारी वर्षासँगै बाढी पहिरोको जोखिम, सतर्क रहन आह्वान

By admin

July 05, 2020

काठमाडौं । मनसुनी वायुको प्रभावसँगै आज विभिन्न ४ वटा प्रदेशमा भारी वर्षासँगै बाढी-पहिरोको जोखिम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मुलुकका विभिन्न भूभागमा सामान्यदेखि पूर्ण बदली रही अहिले पनि हल्कादेखि मध्यम स्तरको वर्षा भइरहेको छ ।

दिउँसोसम्म देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।

प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी २४ घण्टामा भारी वर्षासँगै बिभिन्न क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।