बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले मास्क नलगाई हिड्नेलाई कारबाही शुरु गरेको छ ।

कोरोना भाइसरको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले मास्क नलाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गर्न निर्देशन दिए लगत्तै प्रहरीले कारबाही प्रक्रिया शुरु गरेको छ ।

मंगलबार पहिलो दिन भएकाले सम्झाउने तथा मास्क लगाउन अनुरोध गरेको र भोलीबाट कानुनी कारबाही गर्ने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

उनका अनुसार आज पहिलो दिन मास्क नलगाई हिडेका दुई सयभन्दा बढीलाई २० मिनेट होल्ड गरेर सम्झाउने काम गर्नुका साथै मास्क वितरण गरिएको छ । भोलिबाट कारबाही प्रक्रिया शुरु गर्ने बताइएको छ ।

सोमबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । यदी मास्क नलाई घर बाहिर निस्कीएको पाए जो कोहीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताइएको छ ।

कोरोना संक्रमण दर नेपालमा दिनदिनै बढ्दै गएपछि यसको न्यूनीकरण तथा नियन्त्रणमा लागि यस्तो नियम लागू गरिएको गृहमन्त्रालयले जनाएको छ ।

सरकारले लडकडाउन जारी गरेको ३ महिना बितिसक्दापनि कोरोना न्यूनिकरण तथा रोकथाम हुन सकैको छैन। सामाजिक दुरी कायम गर्दै आफ्नो दैनिकी संचालन गर्न छुट सरकारले दिएपनि पनि पूर्ण रुपमा लकडाउन खोलेको छैन ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको र बजार तथा सडकमा मास्क नलाउनेहरु बढ्दै गएपछि गृह मन्त्रालयले कडा निर्देशन दिएको हो ।

गृहको निर्देशन लगत्तै कडाई शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जवेगूले बताए । उनले सवारी सञ्चालन तथा सडकमा पैदल यात्रा गर्दा मास्क नलगाए कारबाही गर्ने उल्लेख गरे ।

यसैबीच शिखर बचत तथा ऋण सहकारी संस्था र इलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

लकडाउन खुलेको होइन खुकुलो भएको हो । सचेत र सुरक्षित हुदैं कारोबार गरौं भन्ने नाराका साथ बिर्तामोड क्षेत्रमा प्ले कार्ड सहित ¥यालीको आयोजना गरिएको र मास्क लगाउन अनुरोध गरिएको शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।