मोरङ । मोरङ प्रहरीले चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ ।

सोमबार राति पथरीशनिश्चरे नगरपालिका २ बाट मोटरसाइकल चोरेको आरोपमा प्रहरीले पथरी-शनिश्चरे १० का २० वर्षीय निमा तामाङ, बेलबारी नगरपालिका २ का २० वर्षीय प्रितिमान भण्डारी र २२ वर्षीय अभिषेक कट्टेललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले बताए ।

उनीहरुले सोमबार राति पथरीको सिर्जना चोक निवासी ४७ वर्षीय आतेजुङ राईको घरबाट को३४प ६००४ नम्बरको मोटरसाइकल लगायतका धनमाल चोरी गरेर फरार थिए ।

उनीहरुले यसअघि पथरी शनिश्चरे १को शान्ति मिनि मार्केटस्थित सबिता बस्नेत र देश थाम्सुहाङको पसलको सटर फुटाएर २५ हजार मूल्य बराबरको जुत्ताचप्पल चोरी गरेको पनि खुलेको छ ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी राईले बताए ।