बिर्तामोड । अब बिर्तामोड बजार बेलुका ५ बजेसम्म खुल्ला गरिने भएको छ । यसअघि २ बजेसम्ममात्र खुल्ला गरिएकाे थियाे ।

बिर्तामोड नगरपालिकाको बिपद् ब्यवस्थापन नगर समितिको आज बुधबार बसेको बैठकले असार २५ गते बिहीबारबाट बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म बजार खुलाउने निर्णय गरेको हो ।

यसअघि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्ममात्र बजार खोलेर ब्यवसाय सञ्चालन गरिँदै आएको थियो । नगरपालिकाले स्वास्थ्य मापदण्ड पूरा गरेर सामाजिक दूरीसमेत कायम गर्दै ब्यापार ब्यवसाय गर्न आग्रह गरेको छ ।

उपभोक्ताका लागि आवश्यक सावधानी अपनाएर काम नगरे प्रहरीले ब्यवसायीलाइ नियन्त्रणमा लिन सक्ने बताईएको छ ।