अर्जुनधारा । प्रतिनिधि सभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्वन्ध समितिकी सभापति पवित्रा निरौलाले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेकी छिन् ।

विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस न्यूनीकरण गर्ने उद्देश्यले नगरलाई सेनिटाइजर, मास्क, गाउन, सर्जिकल क्याप, चश्मा, पञ्जालगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

उनले सेनिटाइजर ५० बोतल, सर्जिकल मास्क एक हजार ५ सय थान, एन ९५ मास्क १५ थान, चश्मा ५ थान, पञ्जा १ सय ५० थान, गाउन १० थान, क्याप १० थान नगर प्रमुख हरिकुमार रानालाई प्रदान गरेकी हुन् ।

कोरोना भाइरससँग नगर जुधिरहेको बेला स्वास्थ्य सामग्री उपलब्ध गराएर हौसला प्रदान गरेकोमा प्रतिनिधि सभा सदस्य निरौलासहित सम्पूर्ण टिमलाई नगरको तर्फबाट मेयर रानाले धन्यवाद दिएका थिए ।