झापा । झापा र उदयपुरमा बाढिले बगाएर २ जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछिको कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।

झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिए ।

बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई साँझ स्थानीयवासीले मृतावस्थामा फेला पारेको उनले बताए ।

यस्तै भद्रपुर नगरपालिका वडा नम्बर ३ का ३३ वर्षीय हिरण राई मेची नदीमा बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार उनी नुहाउन नदीमा पस्दा बगेर बेपत्ता भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजी तथा उद्धारका लागि टोली परिचालन गरे पनि बेपत्ता राई फेला परेका छैनन् ।

यस्तै त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ । उनी देउरीबाट आफ्नो घर गैरुन फर्कदै थिए । उनको शव १ किलोमिटर तल फेला परेको बताइएको छ ।