झापा । झापामा आज बिहीबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंक अनुसार संक्रमितहरु झापा भद्रपुर नगरपालिकाका २ जना महिला, मेचीनगर नगरपालिकाकी १ जना महिला र कनकाई नगरपालिकाका १ जना पुरुष रहेका छन्।

संक्रमित हुने महिलाहरुमा मेचीनगरकी महिला भारत, भद्रपुरका कुवेतबाट आएका हुन् भने कनकाईका पुरुष कतारबाट आएको जनाइएको छ । उनीहरु स्थानिय क्वारेन्टिनमा बसेका थिए ।

योसँगै झापामा संक्रमित हुनेको कुल संख्या ३१० पुगेको छ । भने कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २७९ पुगेको छ ।