काठमाडौं । नेपालमा विहीबार थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको परीक्षण भएकोमा १६७ मा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५६ रहेको छ ।

आज कहाँ कति थपिए ?
डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २ जना र सुनसरीका ४ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका २ जना, उदयपुरका एकजना र इलामका ६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३ जना र ओखलढुंगाका १६ जना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धुनषाका २६ जना, नारायणी अस्पताल विरगंजमा पर्साका २ जना, बाराका एकजना र रौतहटका ६ जना संक्रमित भएका छन् ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा धनुषाका एकजना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेुकमा गरिएको परीक्षणमा काठमाडौंका एक जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका १७ जना, रौतहटका ६ नजा र मकवानपुरका ३ जना संक्रमित भएका छन्।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ जना र स्याङ्जाका एकजना संक्रमित भएका छन्।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका एकजना र प्युठानमा एकजना, भेरी अस्पताल नेपालगंज प्रयोगशालामा बाँकेका ८ जना, सुर्खेतका २ जना, बर्दियाका एकजना र दाङका एकजना, पीसीआर प्रयोगशाला दैलेखमा गरिएको परीक्षणमा दैलेखका ६ जना, चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका एकजना संक्रमित भएका छन् ।,

यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका एकजना, सल्यानका २ जना र जाजरकोटका २ जना संक्रमित भएका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मुगुका एकजना, डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका ८ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका ४ जना, कैलालीका १४ जना, कंचनपुरका १४ जना र बझाङका एकजना संक्रमित भएका छन् ।

२४ घण्टामा २१३ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २४९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।