काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ५७ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले बताए ।

जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा मोरङका ९, इलाम, झापा, नुवाकोट, बाग्लुङ, पर्वत, सल्यान, बारा र कञ्‍चनपुरका १-१, तेह्रथुम, सर्लाही, गुल्मी, पाल्पा, डडेलधुरा र बझाङ २-२, दैलेखका ५, रुकुम पश्चिमका ३, डोटीका ७ र कैलालीका १३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख ११ हजार ८२९ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ३ हजार ३३१ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार २७५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ८२५ जना रहेको छ ।

यस्तै, मुलुकभर ५ हजार ८ सय २५ संक्रमितहरुको उपचाररत रहेको गौतमले बताए ।