काठमाडौँ । नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले आइतबार पछिल्लो २४ घन्टामा ५८ जना संक्रमित निको भएर फर्किएको बताएका हुन् । यो संख्या कूल संक्रमितको ६६.२३ प्रतिशत हो ।