0 Shares

झापा । आज झापाका थप तीन जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

दमक, गौरिगञ्ज र कचनकवलका एक–एक जनामा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जाकारी दिए । दमकका पुरुष दुबईबाट, गौरिगञ्ज र कचनकवलका भारतबाट आएको चम्लागाईले बताए ।

यो सँगै झापामा संक्रमितको संख्या ३१६ पुगेको छ भने २९८ जना निकोे भएर घर फर्किएका छन् ।