झापा । झापाका ३ सहित प्रदेश नं १ मा आज ११ जना संक्रमित थपिएका छन् । झापाका ३ सहित इलामका १, मोरङका १ र सुनसरीका ६ गरी ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

झापाका संक्रमितमा कचनकवल र गौरीगञ्ज गाउँपालिकाका १र१ जना तथा दमक नगरपालिकाका १ जना पुरुष रहनु भएको स्वास्थ्य कार्यालय झपाका फोकल पर्शन जीवन चौलागाईंले बताउनु भयो । आज थप ३ जनामा कोरोना पुष्टि हुँदा झापामा संक्रमितको संख्या ३१७ पुगेको छ ।

आज थप ११ जनामा कोरोना देखिदा प्रदेश नं १ मा भने संक्रमितको संख्या ८४५ पुगेको छ भने निको भएर घर फर्कीनेको संख्या ७५२ रहँदा ९१ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसैबिच, नेपालमा आज १८६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४ हजार २१६ वटा पीसीआर परीक्षणमा १८६ वटा नतिजा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ रहेको समेत मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सम्म कुल पीसीआर परीक्षणको संख्या ३ लाख १९ हजार ७८६ पुगेको समेत मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना कुल संक्रमित मध्ये ६६।५१ प्रतिशत निको भएको मन्त्रालयले बताएको छ ।

आजैमात्र १७३ जना निको भएर घर फर्कदा नेपालका कोरोना संक्रमण मुक्त हुनेको संख्या ११ हजार ८६६ पुगेको मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइनमा बस्ने मानिसहरुको संख्या २२ हजार २२८ रहँदा आइसोलेशनमा रहेर उपचार गराउनेको संख्या ५ हजार ९३६ रहेको छ ।

प्रदेश नं १ मा क्वारेन्टाइनमा २ हजार ४१३ रहँदा आइसोलेशनमा रहेका संक्रमितहरुको संख्या ९३ रहेको समेत स्वास्थ्य मन्त्रालले जनाएको छ ।