काठमाडौं । नेपालमा मंगलबार थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

२७ वटा प्रयोगशालामा ३९६३ जनाको पीसीआर परीक्षण गरिएकोमा १५० जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।