झापा । सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकरभिट्टाका दुई प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाको आजको रिपोर्ट अनुसार उनीहरुमा संक्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले संक्रमित दुबै जनालाई उपचारका लागि मोरङको गोठगाउँ लागिएको बताए ।

यो सँगै झापामा संक्रमितको संख्या ३ सय १८ पुगेको छ ।