झापा । अर्जुनधारा नगरपालिकाका एक व्यक्तिमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएका अर्जुनधारा ३ का २४ वर्षीय युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

उनी साउन २ गते काँकरभिट्टा नाकाहुँदै अर्जुनधारा आएका थिए । उनलाई थप उपचारका लागि मोरङको गोठ गाउँ लैजाने तयारी भइरहेको छ ।

उनीसँगै कोरोना भाइरस परीक्षण गरेका अन्य ३९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । साउन ६ गते उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो ।

शनिश्चरे माविको क्वारेन्टाइनमा अहिले भारतलगायत विभिन्न मुलुकबाट आएका ३७ जना रहेका छन् ।

यसअघि ४ महिलासहित १३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । तर, उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।