इलाम । इलामको माइखोलामा शुक्रबार फेला परेको बेवारिसे भनिएको शवको सनाखत भएको छ ।

सो बेवारिसे शव ईलाम नगरपालिका–५ का सुमन खत्रीको भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
३० वर्षका खत्रीको शव इलाम नगरपालिका–८ स्थित माईखोलाको किनारमा शुक्रबार बिहान फेला परेको थियो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।

बेवारिसे शव शुक्रबार बिहान करिब १० बजेर ३० मिनेटमा फेला परेको थियो । मृतकको टाउकोलगायतका स्थानमा गहिरो चोट लागेको थियो ।