पर्सा । वीरगन्जमा शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

हरेक दिनजसो कोरोना संक्रमितको मृत्यु हुन थालेपछि स्थानीय प्रशासनले शनिबार बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरेको हो ।

बिहीबार र शुक्रबार दुई दिन वीरगन्जमा कोरोना संक्रमितको मृत्यु भएको थियो । यस्तै, थुनुवा बन्दीसहित ३२ जनामा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

वीरगन्ज महानगरपालिकाले वीरगन्जको अवस्था नियन्त्रण बाहिर जान सक्ने भन्दै नियन्त्रणका लागि पहल गर्न संघीय सरकारसँग आग्रहसमेत गरेको छ ।