काठमाडौं । नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

४ हजार ७५ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना छन् भने आइसोलेसनमा पाँच हजार तीन सय ८५ जना छन्।

शनिबार कोरोना निको भएर १०६ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ।