ताप्लेजुङ । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाथिभरा याङवरक गाउँपालिकाका विमल कंलिवा लिम्बूलाई पक्राउ गरेको छ ।

युवतीलाई जबरजस्ती करणी गरेर कपाल समेत काटिदिएको भन्दै उजूरी परेपछि कंलिवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सिरिजङगा गाउँपालिका ३ स्थित चौतारामा बोलाएर कंलिवाले ती महिलालाई जबरजस्ती करणी गरी खुकुरीले कपाल काटिदिएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।