काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार ७५४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

आइतबार ७५ जना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका थिए। मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्।

हालसम्म कुन प्रदेशमा कति डिस्चार्ज ?
प्रदेश १– ७८९ जना, प्रदेश २– २९७२ जना, बागमती प्रदेश– ५१७ जना, गण्डकी प्रदेश– १२०४ जना, प्रदेश ५– ३९१० जना, कर्णाली प्रदेश– १६०८ जना र सुदूरपश्चिम प्रदेश– २७५४ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । लकडाउन हट्नु अगाडिको ६ दिनको कोरोना पोजेटिभ प्रतिशत ३.२ थियो भने त्यसपछिको ६ दिनको ३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।