झापा । नेपालमा मंगलबार थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?
डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा झापाका २ जना, मोरङका १६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, ओखलखुंगाका एकजना र मोरङका एकजना, गजेन्द्र नारायणसिंह अस्पतालमा गरिएको परीक्षणमा सप्तरीक १५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८ जना र महोत्तरीका ८ जना ,नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, इलामका एकजना र र पर्साका १३ जना संक्रमित भएका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, कपिलवस्तुका ३४ जना र काठमाडौंका ११ जना, नुवाकोटका एकजना र सिन्धुपाल्चोकका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा दाङका एकजना, गोरखाका एकजना, काठमाडौंका ९ जना, ललितपुरका एकजना र रामेछापका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धनुषाका एकजना, पर्साका एकजना, ललितपुरका एकजना र सर्लाहीका एकजना,
त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा नवलपरासीका एकजना, र काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जना, लमजुङका २ जना, स्याङ्जाका १८ जना संक्रमित भेटिएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाराका ४ जना, रौतहटका एकजना र मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा थरिएको परीक्षणमा दाङका ५ जना र बाँकेका ३ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नलवपरासी पूर्वका ५ जना, रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका एकजना,डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका ३ जना र डोटीका ३५ जना

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १६ जना, दार्चुलाका एकजना डोटीका २३ जना, कैलालीका १८ जना र कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।