बिर्तामोड । झापामा मास्क नलगाउने ब्यक्तिले अब एक सय रुपैंया जरिवाना तिर्नु पर्ने भएको छ ।

कोभिड १९ संक्रमण नियन्त्रण जिल्ला स्तरिय समितिको आज बसेको बैठकले झापामा मास्क नलगाइ हिड्ने जो कोही ब्यक्तिलाई प्रहरीले तत्कालै एक सय रुपैया जरिवाना गराउने निर्णय भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईद्रवारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण समुदायमा फैलिएको आशंका गरिए पछि झापामा स्वास्थ्य सुरक्षाका बिषयमा थप कडाइ गर्नु पर्ने अवस्था आएको भन्दै मास्क नलगाउनेलाई एक सय रुपैया जरिवाना लिने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो ।

जरिवाना लिने जिम्मा नेपाल प्रहरीलाई दिइएको र मास्क नलगाउनेबाट प्रहरीले अशुल गरेको जरिवानाको रसिद दिने र उक्त रकम सरकारी राजश्व खातामा जम्मा गर्ने निर्णय भएको राईले बताउनुभयो ।