झापा । सीमामा खटिएका सशस्त्र प्रहरी बल काँकडभिट्टाका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।आज आएको रिपोर्टमा थप १२ जना सशस्त्र प्रहरी संक्रमित देखिएका हुन् ।

भर्खरै ३२ जना सशस्त्र प्रहरीसहित ११७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी पठाइएको थियो । त्यसमध्ये १२ जनाको रिपोर्ट पोजिटिभ आएको मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शशिकला राईले बताईन् ।

यसअघि पहिला दुई र त्यसपछि १८ गरी काँकडभिट्टाका २० जना सशस्त्र प्रहरीलाई संक्रमण देखिएको थियो ।

उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ रिपोर्ट अनुसार थप १२ जनामा पोजेटिभ देखिएको राईले बताइन् । ती संक्रमितको सम्पर्कमा आएका ३२ प्रहरी र अन्य सर्वसाधारण गरी ११७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो ।

ती संक्रमित प्रहरीको सम्पर्कमा आएका अन्यहरुको पनि कन्ट्याक्ट ट्रेसिङ जारी रहेको स्वास्थ्य शाखा प्रमुख राईले जानकारी दिइन् । हिजोमात्र पाथीभरा गण पाडाजुंगीका तीन जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी हिजो नै इलाम जिल्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षकको पनि रिपोर्ट पोजेटिभ आएका थियो । उनी बिर्तामोडमा डेरा गरी परिवासहित बस्दै आएका थिए ।