काठमाडौं । नेपालमा शुक्रबार थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ३९९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

काठमाडौंमा संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ । यसमा सचेत हुन मन्त्रालयले आग्रह गरिएको छ ।

समूहमा बस्नेहरुमा कोरोना संक्रमण बढी देखिएकाे छ । प्रहरी तथा स्वास्थ्यकर्मीमा कोरोना देखिनु यसको ज्वलन्त उदाहरण भएको मन्त्रालयले जनायो । मन्त्रालयका अनुसार ५३१६ सक्रिय संक्रमित रहेका छन् ।

मास्क नलगाई हिड्ने २ लाख जनालाई कारबाही गरिएको छ । हिजो विदेशबाट ६५९ जना व्यक्ति नेपाल प्रवेश गरेको मन्त्रालयले जानकारी दिएको छ ।