झापा । कोरोना भाइरस कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिदै गएसँगै झापाको बिर्तामोड नगरपालिका बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी लकडाउनको गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले बताए ।

बिर्तामोडमा संक्रमितसँगको ट्रेसिङ, टेस्टिङ गर्न अर्को सूूचना प्रकाशित नहुन्जेलका लागि लकडाउन हुनेछ ।