झापा । पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ३८९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

बुधबारसम्म १५ हजार १५६ जनाले कोरोना जितेका थिए । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ ।

काठमाडौंमा कोरोनाको संक्रमण बढेको हुँदा बैठक, गोष्ठी बन्द गर्न मन्त्रालयले अपिल गरेको छ । सीमा क्षेत्रमा पनि संक्रमण दर उच्च रहेको हुँदा साबधानी अपनाउन अनुरोध गरेको छ ।

स्बास संकलन गरिसकेपछि अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । जनस्वास्थ्यमा मापदण्ड पूरा गर्न पनि सुझाएको छ ।

अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने वातावरण मिलाउन सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । रोगको उपचार नहुने हुँदा रोग लाग्न नदिनु नै उत्तम हो ।