बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले हत्या आरोप लागेका एक व्यक्तिलाई १७ वर्षपछि पक्राउ गरेको छ ।

झापा जिल्लाको जलथलमा २०६० सालमा भएको हत्याको घटनाका एक जना अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको हो ।

स्थानीय विरिकलाल माझीको हत्याको घटनामा संलग्न भएको अभियोगमा झापा प्रहरीले दुर्गाबहादुर थापा मगरलाई पक्राउ गरेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

आफन्तको घरमा लुकेर बसेको अवस्थामा मेचीनगरको धाइजनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरीका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पक्राउ परेका अभियुक्तलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।