बिर्तामोड । बिर्तामोड नगरपालिकाले लकडाउन खुला गरेको घोषणा गरेको छ ।

साउन १८ गते राति १२ बजेदेखि लागू गरेको लकडाउन आज राति १२ बजेदेखि खुल्ला गर्ने निर्णया गरेको बिर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।

समुदायमा कोरोना संक्रमणको जोखिम बढेको आशंकामा नगरले दोस्रो पटक लकडाउन गरेको थियो । मास स्क्रिनिङ पछि जोखिमको अध्ययन गरेर लकडाउन खुला गरेको मेयर शिवाकोटीले जानकारी दिए । उनले अझै जोखिम रहेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

मेयर शिवाकोटीले नगरपालिकाले कोरोना संक्रमण जोखिमलाई ख्याल गरेर नागरिकप्रति जिम्मेवार रहेको जानकारी दिएका छन् । उनले नगरलाई सुरक्षित राख्न सबै किसिमका उपाय अपनाइने बताए ।

सबै नगरवासीलाई अनिवार्य मास्क प्रयोग गरेर मात्रै हिडडुल गर्न अपील गरेका छन् । व्यवसायीलाई उनले अनिवार्य स्वास्थ्य सुरक्षा अपनाउन सुझाव दिएका छन् ।