झापा । महामारीका रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट बँच्न नाक, मुख र आँखा नांगो हातले नछुन, नचलाउन दिनदिनै आग्रह गर्नेमध्येका सबैभन्दा प्रमुख पात्र हुन् स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम ।

तर, मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले औंलाले नाक कोट्याएको दृश्य अहिले भाइरल बनेको छ ।

सधैझैं मंगलबार सवा चार बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलन सुरु भयो । तर, मंगलबारको नियमित पत्रकार सम्मेलमा अन्य सम्मेलमा भन्दा केही अनौठो र अभद्र दृष्य क्यामेरामा कैद भयो ।

पत्रकार सम्मेलमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नाक कोट्याएको दृश्यले धेरैलाई लज्जित बनायो ।

कोरोना भाइरसको नियमित पत्रकार सम्मेलन गर्दै आएका गौतमले यस्तो काम नगर्न बारम्बार भन्ने गर्छन् । तर, उनले मंगलबार देखाएको क्रियाकलापले आम नागरिकलाई लज्जित त बनायो नै स्वयं गौतमप्रति नैतिक प्रश्न पनि उब्जाएको छ ।

कोरोना सक्रमणबाट बच्न नाक, मुख र आँखा नचलाउन आफैँ आग्रह गर्ने अनि क्यामेरामा कैद नै हुने गरी आफैँले यस्तो अभद्र व्यवहार कतिको पाच्य होला ?

त्यसो त जागेश्वर पेशाले आफैँ चिकित्सक पनि हुन् । साथै स्वास्थ्य मन्त्रालयका प्रवक्तासमेत रहेका डाक्टर गौतमले गरेको यस्तो क्रियाकलाबाट आम नागरिकमा कस्तो सन्देश जाला ?

अहिले डाक्टर गौतमको यो तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । मुलधारका सञ्चारमाध्यमले त भिडियो नै सार्वजनिक गरेका छन् ।